विराटनगरमा मोरङ जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु

विराटनगरमा मोरङ जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु

विराटनगर, ३१ साउन। नेविसंघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाई कमिटीको आयोजनामा विराटनगरमा मोरङ जिल्लास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
उद्घाटन खेलमा इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरलाई १ का विरुद्ध ६ गोलले पराजित गर्र्दै पथरी बहुमुखी क्याम्पस विजयी भएको छ । उक्त खेलमा पथरी बहुमुखी क्याम्पसका विशाल पाण्डेले ३ गोल गरी म्यान अफ द म्याच घोषित भए । भदौ ४ गतेसम्म संचालन हुने प्रतियोगितामा इस्टर्न कलेज अफ इन्जिनियरिङ, पुसेट कलेज, म्यानेजमेन्ट क्याम्पस, महेन्द्रमोरङ क्याम्पस, पथरी बहुमुखी क्याम्पस, सास्थम कलेज, लेटाङ बहुमुखी क्याम्पस लगायतका कलेजको सहभागीता रहेको आयोजक किमिटीका संयोजक मिलन श्रेष्ठले बताए । प्रतियोगिताको उद्घाटन गर्दे विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शिक्षासँगै खेलकुद आवश्यक भएको भन्दै सबै सहभागीलाई शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्