कटहरी गाउँपालिकाद्धारा नेपाली शेनालाई उद्दार सामाग्री वितरण

कटहरी गाउँपालिकाद्धारा नेपाली शेनालाई उद्दार सामाग्री वितरण

विराटनगर, ३१ साउन ।
मोरङको कटहरी गाउँपालिकाले नेपाली सेनालाई उद्धार कार्यमा प्रयोग हुने सामग्री प्रदान गरेको छ ।
गांउपालिका परिसरमा आयोजित कार्यक्रमकाबीच गाउँपालिका प्रमुख रामकुमार कामतले कटहरी–६ थलाहास्थित नेपाली सेनाको सुर्य दल गणलाई उद्धार सामग्री हस्तान्तरण गरे । गाउँपालिकाको आन्तरिक श्रोतबाट उद्धार कार्यमा प्रयोग हुने २ लाख २० हजार मूल्य बराबरको सामग्री प्रदान गरिएको गाउँपालिकाका नायब सुब्बा नन्दीकेशर काफ्लेले जानकारी दिए । गांउपालिकाले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यमा प्रयोग हुने ट्युब १० थान,लाईफ ज्याकेट ३० थान, हेल्मेट ३०, टर्च १० र हात्ते आरी ३ थान प्रदान गरेको छ । यस्तै बेल्चा ५, गल ३ र गैंती ५ थान प्रदान गरिएको नासु काफ्लेले जानकारी दिए। बर्षाको समयमा कटहरी गांउपालिकाका सर्वसाधारण बाढीका कारण प्रभावित हुंदै आएकाले उद्धार कार्र्यको पुर्वतयारी स्वरुप सेनालाई उद्धार सामग्री प्रदान गरिएको गांउपालिका प्रमुख कामतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्