विराटनगर स्थित गोदाबरी स्कुलमा प्रहरीको सचेतना कार्यक्रम 

विराटनगर स्थित गोदाबरी स्कुलमा प्रहरीको सचेतना कार्यक्रम 

मोरङ, साउन ३१।

ईलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ स्थित गोदाबरी वोर्डिङ स्कुलमा बुधबार साईबर क्राईम सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत १०० जना विधार्थीहरुलाई साईबर क्राईम अपराध सम्बन्धमा भएका कानूनी व्यवस्थाहरु तथा सामाजिक सञ्जालको व्यवस्थित प्रयोग कसरी गर्ने बारेमा जानकारी दिएका छन् ।

प्रशिक्षण पश्चात सहभागी विद्यार्थीहरुलाई साईबर क्राईम सम्बन्धि सचेतनामुलक हाते-पुस्तिका समेत बितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्