बिराटनगरको एभरेष्ट कलेजका आगत पोखरेलले प्रदेश नम्बर १ टप गरेको दाबी

बिराटनगरको एभरेष्ट कलेजका आगत पोखरेलले प्रदेश नम्बर १ टप गरेको दाबी

बिराटनगर साउन ३१ , स्थापनाको पहिलो ब्याजमा नै व्यवस्थापन संकायमा नेपाल प्रथम सहितको उत्कृष्ट नतिजा हासिल गरेको विराटनगर –५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुल प्लस टु साइन्स एण्ड मेनेज्मेन्टले त्यसलाई निरन्तरता दिँदै आएको छ ।

दोस्रो व्याजमा पनि विज्ञान संकायमा कक्षा १२ का आगत पोखरेल ३.८५ प्रतिशत नतिजा ल्याउँदै प्रदेश १ को प्रथम बन्न सफल भएको विद्यालयले दावी गरेको छ । कक्षा १२ मा १ सय १३ जना विद्यार्थीले परिक्षा दिएकोमा आगतको ३.८५ सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

विद्यालयका अनुसार उत्तिर्ण हुने विद्यार्थी मध्ये ३ दशमलव ६२ प्रतिशत भन्दा माथि जिपिए ल्याउने १८ जना विद्यार्थी छन् । यस्तै ३.२२ भन्दा बढी जिपीए सहित ए ग्रेडमा ७२ जना विद्यार्थी उत्तिर्ण भएका छन् । २१ जनाले बी प्लस र २ जनाले बी ग्रेडमा उत्तिर्ण गरेको विद्यालयले जनाएको छ ।

प्रिन्सिपल टीकाराम पुरीले विद्यालयले लिएको लक्ष्य अनुरुप विद्यार्थी, शिक्षक शिक्षीका र अभिभावकको मेहनत उत्कृष्ट रहेको बताए । ‘औपचारीक शिक्षा संगसँगै व्यवहारीक र प्रयोगात्मक शिक्षाको बाटोमा हामी विद्यालयलाई अघि बढाउन चाहन्छौं, विद्यार्थीलाई खोज र अनुसन्धानमा पनि कृयाशिल बनाउने अभियानमा छौं ।, उनले भने, ‘यो विद्यालयको एकल प्रयासले मात्र सम्भव हुदैन सवैको साथ र मेहनत आवश्यक छ ।’

प्रदेशकै नमुना विद्यालयका रुपमा पहिचान बनाउँदै अघि बढेको एभरेष्ट सेकेण्डरी स्कुल प्लस टु साइन्स एण्ड मेनेज्मेन्टले उत्कृष्ट नतिजासँगै आफ्नो भौतिक पूर्वाधारको समेत विकास गर्दै लगेको छ । ५० करोडको लागतमा सुविधासम्पन्न शिक्षण संस्था निर्माणमा जुटेको विद्यालयले निकट भविष्यमै उत्कृष्ट वातावरणमा सर्वोत्कृष्ट अध्यापन गराउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्