विराटनगरको कोशी अस्पताललाई लायन्स ग्रिनसिटीले दियो ३५ लाखको उपकरण

<span class='c1'>विराटनगरको कोशी अस्पताललाई लायन्स ग्रिनसिटीले</span> <span class='c2'>दियो ३५ लाखको उपकरण</span>

विराटनगर, ३१ साउन । लायन्स क्लब अफ विराटनगर ग्रिनसिटीले अस्पतालमा उपकरणहरु वितरण गरेको छ । ग्रिनसिटीले विराटनगरमा रहेको कोशी अञ्चल अस्पताललाई करिब ३५ लाख बराबरको सामग्री वितरण गरेको हो । अस्पतालमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब ३२५ एवानका डिस्ट्रिक्ट गभर्नर अनन्तप्रसाद भेटवाल तथा डिस्ट्रिक्ट प्रथम महिला इन्दु भेटवालको उपस्थितीमा सामाग्री हस्तान्तरण गरिएको थियो ।
अन्तराष्ट्रिय गैह्रसहकारी संस्था ए.एन.टी., डे वान हेल्थ र एम.टी.टी.एस.को सहकार्यमा प्राप्त मेडिकल उपकरणहरु अस्पताललाई प्रदान गरिएको ग्रिनसिटीका अध्यक्ष कर्ण रायमाझीले जाकनारी दिए । त्याधुनिक उपकरण सञ्चालन गर्न प्राविधिक ज्ञान विदेशी संस्थाले नै प्रदान गर्ने जनाइएको छ ।
सामान हस्तान्तरण गर्दै डिस्ट्रिक्ट गभर्नर भेटवालले सामाजिक काम गर्न पाउनु सबैभन्दा सुखद् क्षण रहने बताए । बालबालिकाको क्षेत्रसँग जोडिएर आएका अस्पतालका उपकरणहरुले यस क्षेत्रका बालबालिकाले सेवा लिनसक्ने भन्दै उनले खुसीब्यक्त गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रोशन पोखरेलले सामाजिक भूमिका निर्वाह गरेकोमा लायन्सलाई धन्यवाद दिएका थिए । उनले प्राप्त उपकरणले बिरामीहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।
सहयोग सामग्री उपलब्ध गराउन सहयोगी भूमिका निर्वाह गरेका लायन इन्द्र खत्री (राजन)ले यसप्रकारको सहयोग सामग्री निरन्तर चार वर्षसम्म उपलब्ध गराउन सकिने प्रतिवद्धता व्यक्त गरे। खत्रीले वितरण गरिएका सामग्री बहुमूल्य रहेकोले यसको सही सदुपयोग हुनेमा विस्वास ब्यक्त गरे । लायन्सका विशेष व्यक्तिहरुको साथै अन्य सामाजिक व्यक्तिहरुको सहभागितामा भएको उक्त कार्यक्रमको सञ्चालन ग्रिनसिटीका सचिव विश्वकान्त दाहालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्