रोजगारी ग्यारेण्टीको माग गर्दै अपांगता भएकाहरुद्धारा धर्ना

<span class='c1'>रोजगारी ग्यारेण्टीको माग गर्दै</span> <span class='c2'>अपांगता भएकाहरुद्धारा धर्ना</span>

विराटनगर, ३१ साउन ।
अपाङ्गता भएका व्यक्तिहरुले रोजगारीको ग्यारेन्टी गर भन्दै प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको अगाडिको सडकमा धर्ना दिएका छन् ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई दुःख दिने मात्र काम गरेको भन्दै सामाजिक विकास मन्त्रालयको अगाडिको सडक वारपार ट्राइसाइकल सहित उनीहरु धर्नामा बसेका थिए । जोगबनीबाट सामान ल्याएर गुजारा चलाउँदा पनि प्रहरीले अनावाश्यक दुःख दिएको भन्दै आफूहरुलाई रोजगारी दिन माग गर्दै धर्नामा बसेको मोहम्द कलामले जानकारी दिए । सरकारले अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको प्रकार हेरेर भत्ता उपलब्ध गराए पनि त्यो भत्तााले जिवीकोपार्जन हुन नसक्ने भन्दै रोजगारीको व्यवस्था गर्न माग गरेका छन् । १० बजेदेखि ११ बजेसम्म गरिएको धर्नाका कारण सर्वसाधारणलाई तातो घाममा सास्ती व्योहोर्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्