पत्रपत्रिकाको वर्गीकरण नतिजा बारे प्रेस युनियनको आपत्ति

<span class='c1'>पत्रपत्रिकाको वर्गीकरण नतिजा बारे</span> <span class='c2'>प्रेस युनियनको आपत्ति</span>

विराटनगर, १ भदौ । नेपाल प्रेस युनियन मोरङले प्रेस काउन्सीलले हालै सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न माग गरेको छ ।
युनियनले मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत सञ्चारमन्त्री गोकुल बास्कोटालाई ज्ञापनपत्रसमेत पठाएको छ । काउन्सीलले साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणको नतिजाप्रति आपत्ति जनाउँदै युनियनले ज्ञापनपत्र पठाएको प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितले जानकारी दिए । निर्णय तत्काल सच्याई पारदर्शी र निष्पक्ष ढंगबाट प्रक्रियागत रुपमा नतिजा सार्वजनिक गर्न युनियनले माग गरेको छ । नतिजा निकाल्ने क्रममा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हाबी भएको ज्ञापनपत्रमा उल्लेख छ । नियमित रुपमा प्रकाशन भइरहेका पत्रपत्रिकालाई वर्गीकरणमा घटुवा गरी सोही ठाउँमा कहिलेकाहीं प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएको युनियनले आरोप लगाएको छ । यस्तै भदौ १ गतेदेखि लागू हुन गइरहेको मुलुकी अपराध (संहिता) ऐन र मुलुकी देवानी (संहिता)ले प्रेस जगतलाई अंकुश लगाउने किसिमको भएको युनियनको ठहर छ । संविधानले प्रेसका लागि ग्यारेन्टी गरेका अधिकारलाई कहींकतैबाट पनि आक्रमण हुन नदिने वातावरण मिलाउन सरकारसँग युनियनले माग गरेको छ ।

यस्तै प्रेस युनियन तेह्रथुमले पनि प्रमुख जिल्ला अधिकारी मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रेस काउन्सिलले पत्रपत्रिकाको वर्गिकरण एकलौटी ढंगले गरेको ब्यापक गुनासो आईरहेकोले युनियन तेह्रथुमको पनि ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझाउदै युनियनका जिल्ला अध्यक्ष नरेश ढुङ्गानाले बर्गिकरणको नतिजा पुर्वाग्राही र राजनितिक प्रतिशोध साँधिएको दस्ताबेज मात्र भएको बताए । पहिलेको निर्णय खारेज गरि पुनरावलोकन गर्न पनि युनियनले माग गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्