विराटनगरमा संचालित तीन महिने सौन्दर्य कला तालिम समापन 

विराटनगरमा संचालित तीन महिने सौन्दर्य कला तालिम समापन 

विराटनगर, भदौ १ गते ।

प्रहरी परिवारहरुलाई लक्षित गरी मोरङ जिल्लाको विराटनगरमा संचालित “तीन महिने सौन्दर्य कला तालिम दोश्रो समुह” बुधबार एक कार्यक्रमका विच सम्पन्न भएको छ ।

यही चैत्र २९ गतेबाट संचालित सो तालिम बुधबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक शरद कुमार खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

समापन समारोहमा उपस्थित प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्नु हुँदै प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले प्रहरी परिवारहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ विगतकै निरन्तरता स्वरुप दोश्रो समुहको सौन्दर्य कला तालिम संचालन गरिएको र सो तालिमले सहभागीहरुलाई सौन्दर्य कलाको पेशा अँगाली आत्मनिर्भर, स्वरोजगार बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।

सोही कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रहरी निरीक्षक हेम कुमार खड्काले १ नम्बर प्रदेश प्रहरी कार्यालय, श्रीमती संघको तत्वावधानमा बहालवाला तथा पूर्व प्रहरी कर्मचारीहरुका आश्रीत परिवारलाई लक्षित गरी क्षेत्रीय प्रहरी कल्याण कोषबाट तालिम संचालन गरिएको जानकारी गराउनु भयो।

त्यसैगरी तालीममा सिकाइएका विषय-वस्तु बारे जानकारी गराउनु हुँदै राजश्री व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर विराटनगरकी प्रशिक्षक बिनु श्रेष्ठले १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट निम्न आय भएका प्रहरी परिवारहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ संचालन गरेको सौन्दर्य कला तालिमका सहभागीहरुको लगनशीलताका कारण समयमै तालिम सम्पन्न भएको र तालिम पश्चात सहभागीहरुले आत्मविश्वासका साथ व्युटिसियन पेशा अगाल्न सक्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो।

२०७४ साल चैत्र २९ गतेबाट संचालित सो तालिममा १८ जना प्रहरी हवल्दार, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीका परिवारको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्