डलरको भाउले बनायो रेकर्ड, एक डलरका लागि ११२ रुपैयाँ तिर्नु पर्ने

डलरको भाउले बनायो रेकर्ड, एक डलरका लागि ११२ रुपैयाँ तिर्नु पर्ने

नयाँ दिल्ली (भारत) । भारतीय रुपयाको भाउ घट्ने क्रम बिहीवार पनि रोकिएन । टर्की सङ्कटका कारण डलर सूचक बलियो बनेपछि यसको प्रभाव भारुमा देखिएको हो । बिहीवार घरेलु बजार खुल्दाखेरी नै एक अमेरिकी डलर बराबर ७० रुपया १९ पैसा कायम भएको थियो । उक्त दिन डलर भारु विनिमय दर अधिकतम् ७० रुपया ४० पैसासम्म आयो । यो अहिलेसम्मकै उच्च हो ।

बजार बन्द हुँदा भने विनिमय दर ७० रुपया १६ पैसा कायम भएको थियो । यो अघिल्लो दिनको तुलनामा २६ पैसा बढी हो ।

यता नेपाल राष्ट्र बैङ्ककाअनुसार शुक्रवारका लागि एक अमेरिकी डलरको खरीद दर १ सय ११ रुपैयाँ ९५ पैसा र विक्री दर १ सय १२ रुपैयाँ ५५ पैसा पुगेको छ । यति बेला विदेशबाट नेपाल पैसा पठाउनेहरुका लागि सर्वाधिक फाईदाको समय छ भने नेपालमा डलरमा सामान आयात गर्नेहरुका लागि भने यो उच्चदरको घाटाको समय रहेको अाजकाे अार्थिक अभियान दैनिकमा समाचार छ ।

मङ्गलवार भारु पहिलो पटक ७० रुपया माथि पुगेको थियो । ‘टर्की सङ्कटबारे छाएको अनिश्चय र सुदृढ डलर सूचकलाई दृष्टिगत गरेर आयातकर्ताहरुले आक्रामक रुपमा डलर किनिरहेका छन्,’ रुपया कमजोर हुनुको कारण खुलाउँदै आनन्द राठी शेयर्स एण्ड स्टक ब्रोकर्समा अनुसन्धान विश्लेषक रुशभ मरुले भने । आरबीआईले छानीछानी बजारमा हस्तक्षेप गरिरहेकोले केन्द्रीय बैङ्कको आक्रामक हस्तक्षेप नहुँदा भारु थप कमजोर बनिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्