गैससकाे असर, झोराहाटमा नीति निर्माणमा युवा सहभागिताको माग

<span class='c1'>गैससकाे असर, झोराहाटमा नीति</span> <span class='c2'>निर्माणमा युवा सहभागिताको माग</span>

विराटनगर, १ भदौ ।
स्थानीय तहमा यूवा नीति निर्माणका लागि युवाहरुको दवाबमुलक ¥याली मोरङको झोराहाटमा विहिवार सम्पन्न गरिएको छ । ग्रामथान–२, झोराहाटमा रहेका पाँचवटा स्काई क्लबहरुको आयोजनामा ¥याली गरिएको हो । हाम्रो स्काई क्लब, साझा स्काई क्लब, स्मिथ स्काई क्लब, योङ नेपाल स्काई क्लब र ग्रिन युथ स्काई क्लबको संयुक्त आयोजनामा ¥याली निकालिएको हाम्रो स्काई क्लबका लिडर सन्देश लुइँटेलले बताए । ¥यालीमा स्थानीय विद्यालयका विद्यार्थीको पनि सहभागिता रहेको थियो । झोराहाटबाट शुरु भएको ¥याली पिंडारवनी पुगेर पुन ः झोराहाटमा आएर समापन भएको थियो । ¥यालीमा संलग्न विद्यालयहरु शारदा सेकेन्डरी बोर्डिङ स्कुल, सरस्वती माध्यमिक बिद्यालय र जनक मेमोरियल सेकेन्डरी स्कुलका विद्यार्थीहरु सहभागी थिए ।

वल्ड भिजन इन्टरनेशनल नेपाल र बहुद्देश्यीय विकास व्यवस्थापन सेवा नेपालको सहयोगमा सम्पन र्यालीमा इलाका प्रहरी कार्यालय झोराहाट, अस्थाई ट्राफिक कार्यालय हरैंचा र ग्रामथान गाउँपालिका वडा नं. २ कार्यालय समेत सहभागी रहेको थियो । अपरान्ह ग्रामथान २ मा रहेको पाँचवटा स्काई क्लबहरुको आयोजनामा झोराहाट चोकमा बालविवाह विरुद्धको सन्देश सहितको सडक नाटक मञ्चन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्