तिनवटा माेटरसाईकल एकै ठाउँमा जुध्याे, मोरङमा बेग्लाबेग्लै दुर्घटनामा ६  जना घाइते

तिनवटा माेटरसाईकल एकै ठाउँमा जुध्याे, मोरङमा बेग्लाबेग्लै दुर्घटनामा ६  जना घाइते

विराटनगर,२ भदाै। मोरङको बेग्लाबेग्लै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।  ग्रामथान गाउँपालिका-५ स्थित बिराटनगर-विराटचोक सडक खण्डमा को १२ प ४१८६ नम्बरको मोटरसाइकल र साइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा साइकल चालक ग्रामथान गाउँपालिका-५ बस्ने वर्ष ६० को बिशेर चौधरी, मोटरसाइकल चालक  बुढीगंगा  गाउँपालिका-५ बस्ने वर्ष २१ को नरेश चौधरी र  वर्ष २३ को दिनेश चौधरी रहेका छन् । घाइते तीनै जनालाई उपचारका लागि विराट नर्सिङ होम ल्याईएको छ ।

यसैगरी बुढीगंगा गाउँपालिका-३ निमुवा चोक स्थित कोशी राजमार्गमा  ३ वटा मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् ।  को १२ प १३३ र को २० प ९९४६ नम्बरको मोटरसाइकल तथा को ११ प ४२१६ नम्बरको स्कुटर एक आपसमा ठोक्किदा तीन वटै सवारी साधनमा सवार ३ जना घाइते भएका हुन् । घाइते हुनेमा साेही स्थानका ३९ बर्षका ठगेन्द्र घिमिरे,  सुनसरी जिल्लाकाे गढी गाउँपालिका-२ बस्ने वर्ष ४५ को शिवचरण खान र स्कुटर पछाडी सवार जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका-८ बस्ने वर्ष ३५ को गायत्री थापा रहेका छन् । घाइते तीनै जनाको विराट मेडिकल कलेज टंकिसिनुवारीमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्