विराटनगरको हाटखोलामा परिवर्तनकालागि हातेमालोको सरसफाइ

विराटनगरको हाटखोलामा परिवर्तनकालागि हातेमालोको सरसफाइ

विराटनगर, ३ भदौ । परिवर्तनकालागि हातेमालो युवा समूहले विराटनगरको हाटखोला क्षेत्रको सरसफाइ गरेको छ ।
हातेमालोमा आबद्ध सयबढी युवायुवतीहरुको समूहले विराटनगरको वडानम्बर ८ हाटखोला दुर्गा मन्दिरदेखि कारागार क्षेत्रसम्मको सरसफाई गरेको छ । सरसफाई महाअभियान २०७४-०७५ चलाउदै आएका अभियनका युवाहरुले ३३ औं हप्तामा हाटखोला क्षेत्रको सरसफाई गरेका हुन् । महानगरलाई सफा र सुन्दर बनाउन प्रत्येक साता नगरका सडक, अस्पताल सहितका सार्वजनिक क्षेत्रहरुमा सफाई अभियान चलाउँदै आएकोे आयोजक संस्थाका अध्यक्ष विनोद परियारले जानकारी दिए । सरसफाई कार्यक्रममा वडानम्बर ८ का वडासदस्य भारती पोखरेल सहित आयोजक संस्थाका उपाध्यक्ष राम पोखरेल लगायतले सरसफाईलाई महा अभियानको रुपमा लैजाने बताएका थिए । ५० औ हप्तासम्म कसरी अघि बढ् त्यसैको आधारमा आगामी दिनको कार्यक्रम तय हुने आयोजक हातेमालो अभियानका अध्यक्ष परियारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्