शुरु भयो तिजको चहलपहल, ईटहरीमा तिज एल्वम सार्वजनिक, रंगेलीमा माडवारी महिलाको तिज

शुरु भयो तिजको चहलपहल, ईटहरीमा तिज एल्वम सार्वजनिक, रंगेलीमा माडवारी महिलाको तिज

विराटनगर, ३ भदौ ।
पूर्वका चर्चित लोक गायिकाद्धय अञ्जु गौतम र गंगा गौतमको तिज गितको एल्वमको बरिष्ठ गायिका लोचन भट्टराईले एक कार्यक्रमविच विमोचन गरेकी छन् ।
हिन्दू महिलाको महान पर्व तिजलाई लक्षित गरी गायिका अञ्जु गौतमले ल्याएको नयाँ एल्वम श्रृंगार र गंगा गौतमको एल्वम झल्कोको गायिका भटटराईले विमोचन गरेकी हुन । गायिका अञ्जुको नयाँ एल्वममा दुई र गंगाको नयाँ एल्वममा तीन बटा गीत रहेको जनाइयो । एल्वम विमोचन कार्यक्रममा लोकगायक बालकृष्ण कार्की र साहित्यकार मनु मञ्जीलले एल्वमका विषयमा समिक्षा गरे । एल्वम विमोचन कार्यक्रममा गायिका अञ्जुले वर्ष दिनको तिजैमा मादलुको तालमा भन्ने गीत गाएर सुनाई भने गंगाले माइतीको देश भन्ने गीत गाएर सुनाईन्। कार्यक्रममा गायिकाद्धयका गीतहरुको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको हो । कार्यक्रममा लोक गायन क्षेत्रमा लामो समयदेखि सक्रिय भएको भन्दै गायक सुरेश गन्र्धव, नृत्यमा निलम ढुंगाना र समाजसेवी राधिका कार्कीलाई सम्मान गरियो ।
माडवारी महिलाको तिज
मोरङको रंगेली नगरपालिकामा मारवाडी महिलाहरुले विविध कार्यक्रम आयोजना गरी तीज मनाएका छन् । मारवाडी महिलाहरुले समूहगत तथा संस्थागत रुपमा सार्वजनिक रुपमा नाचगान, गरेर तिज मनाएका हुन् । उनीहरुले रंगेलीको सभाहलमा भगवान गणेशको पुजा अर्चना गरि मारवाडी तथा विभिन्न गीतहरुमा नाचगान, फेन्सी डे«स कम्पीटिसन, बाल नृत्य समेत आयोजना गरेका थिए । पछिल्लो समय मारवाडी महिलाहरुले समेत सामूहिक रुपमा दर खाएर सिन्धारा तिज मनाउने गरेका छन् । कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर केशबकुमारी खराल, नेपाल मारवाडी युवा संगठनका राष्ट्रिय अध्यक्ष वजरङ्ग अग्रवाल,मारवाडी महिला मन्च रंगेलीकी अध्यक्ष पुष्पा अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्