बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन सम्पन्न

<span class='c1'>बिराटनगर लिटल आईकन २०१८</span> <span class='c2'>को दोस्रो अडिसन सम्पन्न</span>

बिराटनगर भदौ ३ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ । शनिबार बिराटनगरको जिसिस भवनमा आयोजित पहिलो अडिसनमा ३७ जना प्रतिस्पर्दीको सहभागिता रहेको थियो ।

अडिसनको निर्णायकमा ओबी मिडियाका प्रबन्ध निर्देशक बिबेक दाहाल  , किन्डर पिलर स्कुलकि प्रिन्सिपल अनिता देव ,रशना कार्की र बिक्की घिमिरे रहेका थिए ।

विराटनगरको भाईरल डान्स स्टुडियोको आयोजनामा हुनलागेको कार्यक्रममा सहभागीहरुलाई करिब ३ साता सम्मको तालिम पस्चात फाईनल राण्डमा उतारिने आयोजकले जनाएको छ ।

विभिन्न स्कुलबाट छानिएका २० जना छात्र २० जना छात्राले फाईनल राउण्डमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । प्रतियोगितामा ११ बर्षदेखि १५ बर्ष सम्मका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् । विजेतालाई नगद पुरस्कारको साथमा आर्कषक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्