नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्दो

<span class='c1'>नेपालमा सामाजिक सञ्जालको</span> <span class='c2'>प्रयोग बढ्दो</span>

यलु जोशी

काठमाडौंँ, भदौ ४ गते । सामाजिक सञ्जाल मानिसलाई जोड्ने एउटा माध्यम मात्र नभएर युवादेखि ज्येष्ठ नागरिकका लागि समेत राम्रो साथी बनेसँगै नेपालमा यसको प्रयोग निकै बढेको छ । काममा व्यस्त मानिसलाई समाजिक गतिविधिसँग जोड्नदेखि फुर्सदिला मानिसका लागि समय बिताउने राम्रो माध्यम बनेका छन् सोसियल मिडिया ।
सामाजिक सञ्जाल प्रयोगकर्ताको तथ्याङ्क हेर्ने हो भने नेपालमा फेसबुकमात्र प्रयोग भएको ९५ लाख पुगिसकेको छ । त्यसमध्ये राजधानीमा मात्र ५४ लाख फेसबुके फेसबुक अडिएन्स इनसाइटमा उल्लेख छ । त्यस्तै फेसबुक प्रयोगकर्ता महिलाको तुलनामा पुरुषको संख्या निकै बढी छ ।

सन् २०१८ अप्रिल १५ सम्म नेपालमा इन्स्टाग्राम १२ लाखले प्रयोग गरेको पाइएको थियो भने ट्विटर दुई लाख ३० हजार तथा युट्युव तीन लाख ८० हजारले प्रयोग गर्ने गरेको पाइएको छ ।
नेपाल बैंक लिमिटेडबाट अबकास जीबन बिताउँदै गर्नुभएको राधिका जोशीको समय बिताउने तथा साथीभाईसँग कुरा गर्ने राम्रो माध्यम बनेका छ सामाजिक सञ्जाल । जोशी भन्नुहुन्छ, ‘अहिले काम छैन् । छोरा बुहारी अफिस जान्छन् । घरमा एक्लै हुन्छु, त्यसैले फेसबुक तथा विभिन्न साइट चलाएर दिन बिताउँछु ।’
यस्ता समाजिक सञ्जालको माध्यमबाट धेरै कुराको ज्ञानको साथै साथी तथा परिवारको अरु सदस्यसँग राम्रो सम्बन्ध बनेको उहाँको अनुभव छ ।
उहाँ भन्नुहुन्छ, “यो सामाजिक सञ्जालकै कारण यस्तो बुढेसकालमा पनि ५० वर्ष पहिले स्कुल पढ्दाको साथीसँग कुरा भइरहेको छ ।”

काठमाडौं युनिभर्सिटीमा मिडिया स्टडिजमा अध्यरत श्रेया श्रेष्ठको लागि सामाजिक सञ्जाल ‘बेस्ट फ्रेन्ड’ बनेको छ । उहाँ आफ्ना भावनालाई सामाजिक सञ्जालमा पोख्ने गर्नुहुन्छ । रमाइला क्षणहरू सेयर गरेर खुसी बाँड्नेमात्र नभई दुःख बाँड्ने ठाउँ पनि बन्दैछ सामाजिक सञ्जाल ।
सामाजिक सञ्जाल ठूलाठूला राजनीतिक बहस गर्ने वा एजेन्डा सेट गर्ने ठाउँ त हुँदै हो, सूचनाको स्रोत बनेको छ तर केही युवाका लागि अन्तरमनको साथी बनेको छ । श्रेया भन्नुहुन्छ, “कसैलाई रिस पोख्ने माध्यम पनि बनेको छ कति कुरा सिधै भन्न सकिँदैन, सोसियल मिडियाबाट भन्न सकिन्छ ।’
कसैसँग खुसी हुँदा धन्यवाद भन्न होस् या कसैसँग रिस उठ्दा रिस पोख्न, सामाजिक सञ्जाल सहयोगी बनेको छ । एक्लै हुँदा पनि सामाजिक बन्न सघाउने साथी बनेको छ । कसैको प्रतिक्रिया आश गरेर केही कुरा ‘पोस्ट’ गर्दा कहिलेकाहीँ अलग प्रतिक्रिया भएको छ
तर प्रतिक्रिया आश नगर्ने हो भने कम्तीमा आफ्ना भावना पोखिसकेपछि एक किसिमको राहत महसुस हुने गरेको श्रेयाको अनुभव छ ।

फेसबुक, ट्विटर, इन्स्टाग्राम युवाले बढी प्रयोग गर्ने सामाजिक सञ्जाल हुन् ।
सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले २८ वटा कम्पनीबाट इन्टरनेट सेवा प्रदान भइरहेको जानकारी दिनुभयो ।
कम्प्युटर इञ्जिनियर स्वप्निलमान जोशीका लागि सामाजिक सञ्जाल सूचनाको स्रोत भएको बताउनुहुन्छ, उहाँले फेसबुक, इन्स्टाग्राम मार्फत पारिवारिक र साथीसँगका अनुभवहरू साट्ने गर्नुहुन्छ भने ट्विटरमा राजनीतिक विचारहरू व्यक्त गर्नुहुन्छ । आफ्नो दैनिकी, भावना, दुःखसुख ‘सेयर’ गर्न प्रायःले फेसबुक नै चुन्छन् ।

उहाँ कामकाजी व्यक्तिका लागि बाहिरी दुनियाँ र साथीभाइसँग घुलमिल हुन समय अभाव हुन्छ तर ‘भर्चुअल वल्र्ड’ले एकै ठाउँमा बसेर पनि सामाजिक जीवनलाई सूचारु बनाइदिएको बताउनुहुन्छ ।
यसैगरी, फेसबुक अडिएन्स इनसाइटका अनुसार बुटवल, पोखरा, भरतपुर, लुम्बिनी अञ्चल, विराटनगरमा क्रमशः छ लाख ७० हजार, पाँच लाख ९० हजार, तीन लाख ५० हजार, ६ लाख ९० हजार, २ लाख १० हजारले फेसबुक चलाउने उल्लेख गरिएको छ ।
त्यस्तै महिलाभन्दा पुरुषले बढी मात्रामा फेसबुक चलाउने गरेको सो साइटमा उल्लेख गरिएको छ र जसमा महिलाले ३८ प्रतिशत तथा पुरुष ६२ प्रतिशतले प्रयोग गर्छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्तामा महिला तर्फ १८ देखि २४ वर्ष उमेरको ५४ प्रतिशत तथा पुरुषतर्फ ४६ प्रतिशत रहेका छन् ।
यस्तै, महिलातर्फ २५ देखि ३४ वर्ष उमेरकाले ३५ प्रतिशत तथा पुरुषतर्फ ३८ प्रतिशतले प्रयोग गर्छन् भने ३५ देखि ६५ प्लस उमेरको महिलाले ११ प्रतिशत र पुरुषतर्फ १६ प्रतिशतले प्रयोग गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्