बिराटनगरमा ‘सन्ध्या’ नाटक मञ्चन हुदै , भदौ १५ सम्म चल्ने

बिराटनगरमा ‘सन्ध्या’ नाटक मञ्चन हुदै , भदौ १५ सम्म चल्ने

विराटनगर, भदौ ४, विराटनगरमा गत शुक्रबारदेखि ‘सन्ध्या’ नाटकको मञ्चन सुरु भएको छ । बिराटनगर हाटखोला सुशीला कोइराला नाटकघरमा उक्त नाटक मन्चन हुदैछ ।

धिरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा रहेको सो नाटक आरोहण गुरुकुलको संयोजनमा मञ्चन सुरु भइरहेको हो । गत भदौ १ गदेखि १५ गतेसम्म मञ्चन हुने सो नाटकमा अशोक गौतम, जिना कार्की, समीक्षा कार्की, सन्तोष गौतम, भरत कार्की, सुनिल चौधरी, राम राजवंशी र विकास पराजुलीले अभिनय गरेका छन् ।

नाटकमा १० वर्षे जनयुद्धको असरको कथालाई सशक्त रुपमा उठाइएको छ । हरेक दिन साँझ साढे ५ बजेदेखि नाटक मञ्चन हुने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । सो नाटकमा भरत कार्की, निर्मल शर्मा, राजेश ठाकुरलगायतले मञ्च, ध्वनि र संगीतको संयोजन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्