कम्प्युटर एशोसिएशन मोरङमा राजेन्द्र प्रसाद यादव

कम्प्युटर एशोसिएशन मोरङमा राजेन्द्र प्रसाद यादव

विराटनगर ४ भदौ । कम्प्युटर एशोसिएशन नेपाल महासघ मोरङ शाखामा राजेन्द्र प्रसाद यादव चयन भएका छन् । गत शनिबार विराटनगरमा भएको अधिवेशनबाट यादव सर्वसम्मतले अध्यक्ष पदमा चयन भएका हुन् ।
महासघको उपाध्यक्षमा प्रविन कुन्दालिया, सचिवमा सुमित साह, सह सचिवमा सोपनिल कार्की, कोषाध्यक्षमा शौरभ गोल्छा चयन भाएका हुन् ।
त्यसैगरी महासघको सदस्यहरुमा पंकज गुलगुलिया, जयन्त बोथरा, अशिष धनावत, अजित चापागाई रहेका छन् । कम्प्युटर एशोसिएशन नेपाल महासघ मोरङ शाखामा पहिलो साधारण सभा तथाअधिवेशनमा क्यानका केन्द्रिय महासचिव रंजित पोद्धार र केन्द्रिय सदस्य ठाकुर कुमार श्रेष्ठ त्यसैगरी प्रदेश नम्बर एकका अध्यक्ष देव कुमार सुब्बा, सचिन भौ कृष्ण तिम्सीनाको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्