विराटनगरमा सम्पन्न व्याच्लर्स कप फुटबलको उपाधी सुकुना बहुमुखी क्याम्पसलाई

विराटनगरमा सम्पन्न व्याच्लर्स कप फुटबलको उपाधी सुकुना बहुमुखी क्याम्पसलाई

विराटनगर, ४ भदौ । गत साउन ३० गतेबाट विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय व्याच्लर्स कप फुटबलको उपाधि सुकुना वहुमुखी क्यापसले जितेको छ । नेपाल विधार्थी संघ इस्टर्न कलेज अफ ईञ्जिनियरिङ इकाई कमिटिले आयोजना गरेको व्याच्लर्स कप फुटबल प्रतियोगिताको सोमवार सम्पन्न फाईनल खेलमा पथरी वहुमुखी क्याम्पसलाई ४–१ फराकिलो गोल अन्तरले पराजित गदै सुकुनाले उपाधि उचालेको हो ।
सुकुना वहुमुखी क्याम्पसले महेन्द्र मोरङ क्याम्पस र पुसेट कलेजलाई पराजित गदै फाईनल यात्रा तय गरेको थियो भने पथरी वहुमुखि क्याम्सले इस्टर्न कलेज, सास्थम कलेज र उर्लावारी वहुमुखी क्याम्पसलाई पराजित गदै फाईनलमा पुगेको थियो ।
सोमवार सम्पन्न फाईनल खेलको एक्स्ल्पोजन म्यान अफ द म्याच सुकुना वहुमुखीका मौसम लिम्वु भए भने प्रतियोगिताको उत्कृष्ट गोल किपर पथरी वहुमुखीका मनोज गुरुङ, उत्कृष्ट डिफेण्डर सुकुनाका क्याप्टेन महेन्द्र कार्की र प्रतियोगितामा ७ गोलको योगदान गरेका सुकुनाका सुरेश राई सर्बाधिक गोलकर्ता भए ।
विराटनगर महानगरका मेयर भिम पराजुलीको प्रमुख अतिथ्यमा सम्पन्न फाईनल खेलमा ने.वि.संघका केन्द्रीय सह–महामन्त्री कृष्ण कार्की, पूर्वाञ्चल विश्वविद्यालयका डिपुटि कन्ट्रोलर तेजराज गिरी इष्टर्न कलेजका प्रिन्सिपल ई. अमित सुराना, मोरङ जिल्ला फुटवल संघका उपाध्यक्ष विमल राज भण्डारी, नेपाल तरुण दलका उपाध्यक्ष खेम थापा लगायतका विशिष्ट अथितिहरुको उपस्थित रहेको कार्यक्रमका सभापति मिलन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्