प्रदेश एक स्तरीय मिस्टर एण्ड मिस थारु आईकनकाे यस्ताे तयारी

प्रदेश एक स्तरीय मिस्टर एण्ड मिस थारु आईकनकाे यस्ताे तयारी

विराटनगर, ४ भदौ । थारु युवा युवतीहरुमा भएको प्रतिभालाई बाहिर ल्याउन प्रदेश स्तरीय थारु आइकन हुने भएको छ । थारु कला केन्द्रले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी १ नम्बर प्रदेशस्तरीय मिस्टर एण्ड मिस थारु आइकन २०१८ गर्ने जनाएको हो ।
यसकोलागि भदौ ५ गतेदेखि एक नम्बर प्रदेशका विभिन्न स्थानहरुमा अडिसन गरिने जनाएको छ ।
पत्रकार सम्मेलनमा थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले पहिलो पटक सुनसरीको झुम्कामा भदौ ५ गते, उदयपुरको गाइघाटमा ६ गते, मोरङको नेताचोकमा ७ गते, विर्तामोड झापामा ८ गते र विराटनरमा ९ गते अडिसन हुने जानकारी दिए । विराटनगरस्थित नोबेल मेडिकल कलेजको मुख्य प्रायोजन गरेको उक्त अडिनबाट प्रथम हुने ६ जना बिजेतालाई २ लाख पुरस्कार प्रदान गरिने उनले जनाए ।
अडिसनबाट १÷१ जना मिस्टर एण्ड मिस थारु आइकन घोषणा गरिने छ भने १÷१ जना युवायुवतीले फस्ट रनर अप र सेकेन्ड रनरअपको उपाधि पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अडिसनमा सहभागी हुने युवायुवतीहरुलाई २५ देखि ३० दिनसम्म तालिम दिइने छ । तालिममा थारु कला संस्कृति, भेषभुषा, भाषा, पौराणिक तथा ऐतिहासिक लोपउन्मुख कला , लोक संस्कृति नृत्यको बारेमा प्रदर्शनी सिकाईने आयोजकले जनाएको छ । त्यस्तै नेतृत्व विकास, उद्घोषण, उत्प्रेरणा मूलक तालिम दिइने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्