प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरमा

प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरमा

बिराटनगर भदौ ५ , प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आएका छन् ।

विराटनगर स्थित वायोग्यासको उद्घाटन गर्न ओली आज त्यहाँ जान लागेका हुन् । अहिले विराटनगर उपमहानगरपालिका १४ को श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरी उत्पादन सुरु गरिएको छ । तत्कालीन जिल्ला विकास समिति मोरङ अन्तर्गत वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले गौशालामा ८४ लाखमा ग्यास उत्पादन सुरु गरेको थियो । सो ग्यासबाट पहिलो चरणमा स्थानीयका ३५ घरमा जडान गरिएको छ ।

उनलाई उक्त कार्यक्रम स्थलमा लैजाने क्रममा कडा सुरक्षा बीच लागिएको थियो। ओलीका साथमा कानुन मन्त्री भानुभक्त ढकाल र ऊर्जा मन्त्री वर्षमान पुन पनि पुगेका छन्। उक्त कार्यक्रमकै लागि मंगलबार बिहानै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित विराटनगर पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्