युवतीलाई बलात्कार गर्न खोज्ने युवा पक्राउ परे

युवतीलाई बलात्कार गर्न खोज्ने युवा पक्राउ परे

बझाङ भदौ ५  – एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । बलात्कार प्रयासको आरोपमा मष्टा गाउँपालिका ४ का २१ वर्षीय दीपक फडारालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उनले जंगलमा घाँस काटिरहेकी एक १९ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेका थिए । उनले गाँउ नजिकैको मासबारीमा बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । यद्यपि युवतीले प्रतिकार गरेका कारण बलात्कार हुन नपाएको प्रहरीले जनाएको छ । बलात्कारको प्रयास गर्ने युवकसँग प्रतिकार गर्ने क्रममा युवतीको लुगाहरु च्यातिएको र शरीरमा सामान्य चोट लागेको मुद्धा फाँटका प्रहरी नायव निरीक्षक रामसिंह बोहराले बताउनुभयो

बलात्कारको प्रयास भएलगत्तै युवती चिच्याएका कारण फडारा भागेका थिए । बलात्कार प्रयास गर्नेलाई जबर्जस्ती करणी प्रयाससम्बन्धी मुद्धा चलाउने तयारी भैरहेको प्रहरीको भनाई छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्