भेनेजुएलामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

<span class='c1'>भेनेजुएलामा ७.३ म्याग्निच्युडको</span> <span class='c2'>शक्तिशाली भूकम्प</span>

काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सीहरुका अनुसार भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यो भुकम्पलाई अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको मापन गरेका छन् तर भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६३ म्याग्निच्युडको मात्रै भूकम्पको गएको बताएका छन् ।

धक्का १ मिनेटसम्म महसुस भएको थियो । काराकासमा रहेका पत्रकार स्टेफन पोजबनले कम्तीमा १ मिनेटसम्म भूकम्पको धक्का महसुस भएको सीएननलाई बताएका छन् ।

भूकम्पको धक्काले भागदौड मच्चिए पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण आउँन बाँकीनै रहेकोे बताइएको छ । सरकारी अधिकारीहरुले सुनामीको खतरा समेत नरहेको औंल्याएका छन् । यो राष्ट्र महामहँगीको चपेटामासमेत परीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्