आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने

आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने

आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने भएका छन्।अहिलेसम्म ५ विषय पढाइ हुने गरेकोमा पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको नयाँ पाठ्यक्रम संरचनाले २ विषय थप गरेको छ।

विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकीजस्ता छुट्टाछुट्टै संकाय हुँदैन। ११ र १२ विद्यालय शिक्षाअनुसार नै संकायविहीन बनाइएको छ। ११ र १२ पढ्ने विद्यार्थीले नेपाली, अंग्रेजी, सामाजिक र जीवन उपयोगी शिक्षा अनिवार्य र ३ ऐच्छिक विषय पढ्नुपर्छ। अहिलेसम्म ५ विषय पढाइ हुँदै आएको छ।

११ र १२ मा गणित विषय अनिवार्यबाट हटाइएकोमा विरोध हुँदै आएको थियो। ऐच्छिक विषयमा गणित पढ्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ। जीवन उपयोगी शिक्षाको सट्टा गणित पढ्न पाइन्छ ।

‘नयाँ पाठ्यक्रम संरचना स्वीकृत गरियो। यही वर्ष कक्षा ११ मा नमूनाका रुपमा लागू गर्छौं’, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले सेतोपाटीसँग भने, ‘नयाँ पाठ्यक्रम अनुसार पाठ्यपुस्तक बनाउने काम पनि सुरु भइसकेको छ । ’

काप्रीका अनुसार कक्षा ९ र १० मा अहिलेसम्म ८ विषय पढाइ गरिएकोमा आउँदो शैक्षिक सत्रदेखि भने ७ विषय मात्रै पठनपाठन गरिँदैछ। स्वास्थ्य तथा जनसंख्या विषय हटाइने भएको छ। पाठ्यपुस्तक तयार गर्दा विज्ञानमा प्रविधि सम्वन्धिका पनि विषयवस्तुहरु समावेश गर्ने तयारी गरिएको हो। ५ विषय अनिवार्य छ भने २ विषय ऐच्छिक हुनेछ।

कक्षा ६ देखि ८ सम्म पढाइ हुँदै आएको नागरिक वा पेशाव्यवसाय विषय हटाइएको छ। ‘विषयलाई घटाएको बढाएको भन्दा पनि ती पहिल्यै रहेका विषयमा मिल्ने विषयबस्तु समावेश गरिएको हो’, उनले भने। कक्षा १ देखि ३ सम्म विषयगत शिक्षण गर्ने गरी पाठ्यक्रम तयार गरिएका छन्।

कक्षा १ मा भर्ना हुनुभन्दा पहिले पूर्व बालकक्षा शिक्षालाई पनि थप व्यवस्थित बनाउन लागिएको छ ।

बालबालिकालाई मनोरञ्जनका लागि समय छुट्टाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिएअनुसार नै पाठ्यक्रम बनाइएका हुन्। जीवन उपयोगी शिक्षामा स्थानीय तहहरुले आफ्ना आवश्यकताअनुसार विषय छनौट गरी शिक्षा दिन सक्छन् । विद्यालय तह संविधानअनुसार नै स्थानीय तह अन्तर्गत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्