एजेन्सी, २२ भदौ ।
भारतको सर्वाेच्च अदालतले बषौंदेखि विवादास्पद रहेको समलैंगिकतालाई बैध ठहर गरेको छ । अपराधको श्रेणीमा राखेको समलैंगिकतालाई भारतको सर्वाेच्च अदालतले अपराधीको श्रेणीबाट हटाई बैध ठहर गरेको हो । अदालतले आज फैसला सुनाउँदै समलिङ्गीलाई पनि आम नागरिकसरह बाँच्न पाउने अधिकार रहेको भन्दै बैध ठहर गरेको हो । सन् २०१३मा नयाँ दिल्लीको उच्च अदालतले समलैंगिकतालाई अबैध ठहर गरेपछि थुप्रै विद्यार्थीहरुले अदालतको फैसलाविरुद्व मुद्दा दायर गरेका थिए । यो निर्णयसंगै भारतका समलिङ्गीहरुमा खुशियाली छाएको छ । उनीहरुले अदालतको यस फैसलाको उच्च कदर गरेको जनाउँदै आफूहरुमाथि न्याय भएको प्रतिक्रिया दिएका छन् ।