अस्ट्रेलियामा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटियो

अस्ट्रेलियामा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटियो

सिड्नी (रासस/एएफपी) । पश्चिम अस्ट्रेलियाको पर्थमा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शब भेटिएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीको वक्तव्यमा बालबालिका सहित धेरै जनाको शब भेटिएको उल्लेख छ । अनुसन्धाताहरुले मृतकको एकिन संख्या खुलिनसकेको बताएका छन् । मृतकको उमेर र लिङ्ग पहिचान पनि हुन नसकेको प्रहरीले बताएको छ ।

एकजना करिब २० वर्षको हाराहारीका व्यक्तिले प्रहरी समक्ष आत्मसमर्पण गरी शबका बारेमा जानकारी दिएका थिए । प्रहरीले भनेको छ, “ती व्यक्ति प्रहरीको नियन्त्रणमा छन् र प्रहरीलाई घटनाको यथार्थता बताउन सहयोग गरिरहेका छन् ।”

प्रहरी नियन्त्रणमा रहेका ती व्यक्तिसँग मृतकहरुको सम्बन्धका बारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ । अस्ट्रेलियामा पछिल्ला दिनहरुमा व्यक्ति हत्याका घटनाहरुमा वृद्धि भएको छ । सिड्नीमा हालै मात्र एक बाबुले छोरा र छोरीको गोली हानी हत्या गरेर आफैं आत्महत्या गरेका थिए ।

एक अर्को घटनामा पश्चिम अस्ट्रेलियामा पनि एक जना हजूरबाबुले आफ्नी पत्नी, छोरी र चारजना नातिनातीनाको हत्या गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्