अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पद त्याग्ने

अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पद त्याग्ने

काठमाडौं २५ भदौ। अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पद त्याग्ने भएका छन् । आगामी एक वर्षभित्र उनले पदबाट राजीनामा दिने कम्पनीले पुष्टि गरेको छ ।

उनले अब कार्यकारी अध्यक्षको जिम्मेवारी डेनियल च्याङलाई हस्तान्तरण गर्नेछन् । च्याङले १० सेप्टेम्बर २०१९ मा अलिबाबाको जिम्मेवारी सम्हाल्ने बीबीसीले लेखेको छ ।

ज्याक चीनका धनाढ्य व्यक्तिहरुमध्येका एक हुन् । पछिल्लो पटक उनको सम्पत्ति ३६ बिलियन डलरभन्दा बढी छ । अलिबाबा विश्वकै महंगो कम्पनीमध्येको एक हो जसको शेयर भ्यालू गत वर्ष झण्डै दोब्बर भएको थियो ।

ज्याक मा पहिले अंग्रेजी विषयको शिक्षक थिए । सन् १९९९ देखि अलिबाबाको सहसंस्थापक बने । त्यसपछि अलिबाबा विश्वकै ठूलो इन्टरनेट कम्पनी बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्