अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा ठूलो आँधीबेहरी आउने अनुमान

<span class='c1'>अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा</span> <span class='c2'>ठूलो आँधीबेहरी आउने अनुमान</span>

एजेन्सी । अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा ठूलो आँधीबेहरी आउने अनुमान गरिएको छ । विशेषज्ञहरूको अनुसार बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा फ्लोरेन्स नामक विशाल आँधीबेहरी आउने अनुमान गरिएको हो ।

करिब दुई दशकपछि यस क्षेत्रमा आउँदै गरेको यो शक्तिशाली आँधीबेहरी हो । यो आँधीलाई क्याटागोरी –४ र सोभन्दा पनि माथि पुग्नसक्ने सम्भावना औंल्याइएको छ । १५७ माइल अर्थात् २१५ किमी प्रतिघन्टाको गतिले आउने यो तुफानले बिजुलीका खम्बा लडाउने छ, तार छिन्नभिन्न बनाउने अनुमान गरिएको छ ।

फ्लोरेन्स नामक सो आँधीले आउने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन राज्यमा आपतकालीन स्थितिको घोषणा गरेका छन् । अमेरिकाका नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियामा सङ्कटकालको घोषण गरेका हुन् ।

आधीँले व्यापक असर पर्ने अनुमान गरिएको छ । यसबाट अकल्पनीय रूपमा धेरै धन जनको विनाश हुने अनुमान गरिएको छ । त्यसैले यी तीनै राज्यका विशेषतः सामुद्रिक तटीय क्षेत्रमा बसोबास गर्ने करिब १७ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्