सामसुङ ग्यालेक्सी नोट ९ मा आगो लाग्यो, अदालतमा मुद्धा

<span class='c1'>सामसुङ ग्यालेक्सी नोट ९ मा</span> <span class='c2'>आगो लाग्यो, अदालतमा  मुद्धा</span>

एजेन्सी,१ असाेज । सामसुङको नोट सिरिज एक पटक फेरि आगो लागेका कारण चर्चामा रहेको छ ।एजेन्सीहरुका अनुसार सामसुङको फ्ल्यागपशप ग्यालेक्सी नोट ९ मा शर्ट भएर आगो लागेको छ । अमेरिकाको न्यूयोर्ककी एक महिला डियान चुङले पर्समा राखेको सामसुङको नोट ९ मा एकाएक आगो लागेको हो । उनले सर्वोच्च अदालतमा क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेकी छिन् । साथै उनले ग्यालेक्सी नोट ९ को उत्पादन बन्द गरिनुपर्ने माग गरेकी छिन् । 

सर्वोच्च अदालतमा दर्ता भएको मुद्धाका अनुसार चुङ एक रियल स्टेट एजेन्ट हुन् । गएको सेप्टेम्बर ३ को राति चुङ लिफ्टबाट ओर्लिरहेकी थिइन् । उनको मोबाइल एक्कासि तात्न थाल्यो । त्यसपछि उनले आफ्नो मोबाइल पर्समा राखिन् । एकछिनपछि उनको मोबाइलबाट आवाजका साथै धुवाँ आउन थाल्यो ।

त्यसपछि उनले आफ्नो मोबाइल पर्सबाट निकालिन् । मोबाइल बलिरहेको थियो । मोबाइल फ्याँक्ने क्रममा उनको औँलामा पोलेको थियो । केही समय मोबाइल बलिरह्यो । यो घटनापछि सामसुङले ग्यालेक्सी नोट ९ मा यस्तो घटना पहिलो पटक भएको बताएको छ । यो मोडेल लन्च गर्ने बेलामा सामसुङका सीईओले ग्यालेक्सी ९ एकदमै सुरक्षित भएको र ब्याट्रीमा आगो नलाग्ने बताएका थिए । यसअघि सामसुङको ग्यालेक्सी नोट ७ मा आगलागी भएको थियो । त्यसपछि सामसुङले बजारमा रहेको ग्यालेक्सी नोट ७ फिर्ता मगाउनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्