विराटनगरमा एक बालकलाई खोलाले बगाएर मृत्यु

विराटनगरमा एक बालकलाई खोलाले बगाएर मृत्यु

विराटनगर असोज ७ । विराटनगरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो सिंघिया खोलामा साथीहरुसंग नुहाउन गएका स्थानिय मनोज कुमार मण्डलको ९ बर्षीय छोरा रुद्र मण्डलको खोलाले बगाए मृत्यु भएको हो ।

खोलाले बगाएर बेहोस भएका मण्डललाई उपचारको लागि कोशी अस्पताल विराटनगर लाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्