विराटनगर राउण्ड टेबल नं. ५ द्वारा गुड टच ब्याड टचको कक्षा

विराटनगर राउण्ड टेबल नं. ५ द्वारा गुड टच ब्याड टचको कक्षा

बिराटनगर असोज ७ , समाजमा ब्याप्त बिकृती विसंगति अन्त्यका लागि लायन्स क्लव अफ विराटनगर पाथिभराले श्री आधारभुत विद्यालय कञ्चवारीमा गुड टच र ब्याड टचका विषयमा जानकारी गराएको छ ।

पछिल्लो समयमा श्रृंखलाबद्ध रुपमा भइरहेको महिला हिंसा र बलात्कारका घटनाको विरुद्ध विद्यालयमा यस खालका कार्यक्रम गरिएको क्लवकी अध्यक्ष अपर्णा दाहालले बताउनुभयो ।

क्लवले विराटनगर राउण्ड टेबल नम्बर पाँचको सहयोगमा उक्त कार्यक्रम गरेको हो । राउण्ड टेबल पाँचले यसअघि पनि विभिन्न विद्यायमा यसखाले कार्यक्रम गरिसकेको छ । विशेषगरी राम्रो र नराम्रो नियतको व्यवहार विषयमा प्रशिक्षण दिदैं आएको राउण्ड टेबल पाँचका अध्यक्ष स्वतन्त्र नेवटियाले जानकारी दिनुभयो ।

यस प्रकारको कार्यक्रम र प्रशिक्षणबाट विशेषगरि बालिका तथा किशोरीहरुलाई सचेत बन्न मद्दत पुग्ने राउण्ड टेबल पाँचका पब्लिसिटी कन्भेनर सञ्जीव सिग्देलले बताउनुभयो । राउण्ड टेबलले समय समयमा सामाजिक क्रियाकलापका अतिरिक्त बालबालिकाहरुमा सचेतनाका कार्यक्रमहरुमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्