भाषाकै कारण सेवाबाट बन्चित छन् बहिरा व्यक्तिहरु

<span class='c1'>भाषाकै कारण सेवाबाट बन्चित</span> <span class='c2'>छन् बहिरा व्यक्तिहरु</span>

विराटनगर,७ असोज । बोलेको कुरा सहजै अन्य मानिसले वुझ्न नसक्दा बहिरा ब्यक्तिहरुले सास्ती बेहोर्न बाध्य भएका छन् । सांकेतिक भाषा जानकारको अभावमा बहिरा ब्यक्तिहरुले सास्ती बेहर्नु परेको धारणा बहिरा अधिकारकर्मीले राखेका छन् ।
कोशी बहिरा संघद्धारा आइतवार विराटनगरमा आयोजित अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह कार्यक्रममा सहभागी बक्ताहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा विराटनगर महानगरका उपमेयर इन्दिरा कार्कीले सांकेतिक भाषा नबुझ्दा बहिरा ब्यक्तिहरुले धेरै ठाउँमा समस्या बेहोर्नु परेको धारणा ब्यक्त गरिन् । बहिरा ब्यक्तिहरुले बोलेको कुरा आफुले पनि नबुझेको स्विकार गर्दे उपमेयर कार्कीेले चाढै नै दोभाषे तालिम र जानकारी मूलक कार्यक्रम ल्याउने घोषणा गरिन् । बहिरा महिलाहरु अझ सामाजिकरुपमा समस्याका भएको भन्दै उपमेयर कार्कीले सेवा र अवसरमा समेत बहिराहरुलाई उचित स्थान दिइने बताइन् ।
यस्तै कोशी बहिरा संघका अध्यक्ष रमेशचन्द्र पौडेलले बहिराहरुको हक अधिकारका विषयमा राज्य मौन रहेको आरोप लगाए । बहिराहरुको जनसंख्यालाई आधार मानेर पनि राज्यले त्यस खालको सेवा सुविधा दिनुपर्ने धारणा राखे । यस्तै राष्ट्रिय अपाङ महासंघ १ नं प्रदेशका विमल बस्नेतले अपाङता भएका ब्यक्तिहरुले राज्यवाट उचित सेवा र अवसर नपाएको गुनासो गरे । कुनै पनि सेवा लिन जादा बहिराहरुको भाषा नबुझेकै कारण गलत अर्थ लगाइदिने या सेवाबाट बन्चित हुनुपरेको धारणा ब्यक्त गरे । कार्यक्रममा समाजसेवी मिना जोशी,तिलक थापा ,कोशी बहिरा संघका अध्यक्ष चेत बराल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्