हिमालय दर्शन कलेजमा वूष्ट अप (मक) टेस्ट

हिमालय दर्शन कलेजमा वूष्ट अप (मक) टेस्ट

विराटनगर, ७ असाेज । विराटनगर–९ मेनरोडमा रहेको हिमालय दर्शन कलेजले विराटनगर तथा आसपासका क्षेत्रवाट त्रि.वि.वाट संचालन हुने विएससी सिएसआईटीको प्रवेश परीक्षा दिने विद्यार्थीहरुलाई लक्षित गरी विएससी सिएसआईटी प्रवेश परीक्षा वूष्ट अप (मक) टेष्ट सञ्चालन गरेको छ । आइतवार कलेजमा एक कार्यक्रम विच भएको वूष्ट अप (मक) टेष्टमा सहभागी हुन विराटनगर तथा आसपासका ७० जना विद्यार्थीहरु सहभागी भएको विएससी सिएसआईटी डिपार्टमेण्ट प्रमुख प्रशन्न रेग्मीले वताए । यस प्रकारको परिक्षाले विद्यार्थीहरुको मनोवल उच्च राखी त्रि.वि.वाट सञ्चालन हुने विएससी सिएसआईटीको प्रवेश परीक्षामा राम्रो अंक प्राप्त गर्न सहयोग पूग्ने क्याम्पस प्रमुख भरत सापकोटाले वताए । कलेजले वूष्ट अप (मक) टेष्ट त्रि.वि. ले लिने प्रवेश परीक्षाको अनुरुप प्रश्न पत्र तथा उत्तर पुस्तिका तयार गरी सञ्चालन गरेको हुनाले यो परिक्षा साँचै नै प्रभावकारी भएको र त्रि.वि. ले लिने प्रवेश परीक्षामा राम्रो अंक हासिल गर्न सहयोगी हुने विद्यार्थी प्रविण साहले विस्वास ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्