जागरण शक्ति समूहका महिलाहरुद्धारा जनप्रतिनिधीलाई ज्ञापन पत्र

जागरण शक्ति समूहका महिलाहरुद्धारा जनप्रतिनिधीलाई ज्ञापन पत्र

विराटनगर, ७ असोज । लामो समय देखि मोरङ जिल्लामा रहेर विभिन्न क्षेत्रको परियोजनामा काम गर्दै आएको जागरण नेपालले स्थानीय जनप्रतिनिधीहरुलाई ज्ञापन पत्र बुझाएको छ । जागरण नेपालले स्मार्को परियोजना अन्तगर्त स्थानीय सुशासन, निर्णायक तह, निर्वाचन तथा राजनीतिक दलका विभिन्न क्षेत्रमा सहभागिताको अधिकारका लागि महिलाको सशक्त आवाज अभिवृद्धि गर्ने काम गर्दै आएको छ ।
त्यसैगरी स्थानीय नागरिक खासगरी पछाडी पारिएका महिला समुदायको आयआर्जनका अवसरहरुमा बढ्दो पहुँच स्थापित गर्ने काम पनि सक्रिय रहदै आएको छ । सरकार तथा राजनीति दलहरुले लैङ्गिक समानता तथा सामाजिक, समावेशीकरण मैत्री कानुन नियम, नियमावली नीति तथा कार्यक्रमहरु पनि गर्दै आएको छ ।
यसैविच अन्तराष्ट्रिय मानवअधिकार दस्तावेज संग मेलखाने गरी बनाउने तथा तिनीहरुको संशोधन प्रभावकारी कार्यान्वयन गर्नका लागि काम गर्ने उद्देश्यले गाउँपालिका तथा नगरपालिका जनप्रतिनिधका प्रमुखहरुलाई आफ्नो दस्तवेज बुझाएका छन् । कटहरी गाउँपालिकाका राम कुमार कामत तथा मञ्जिता सरदार, जहदा गाँउपालिका कैलाश कुमार मण्डल, ,बुढीगंगाका प्रमुख बाल चन्द्र माझीलाई जागरण नेपाल मोरङकी संयोजक प्रतिक्षा बस्नेत सहितको ३० जना जागरण महिला शक्तिकरण समूहका महिलाहरु ज्ञापन पत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्