कर्मकाण्ड गर्ने ब्राह्मणहरुको संस्था बैदिक कर्मकाण्ड परिषदमा निरौला

<span class='c1'>कर्मकाण्ड गर्ने ब्राह्मणहरुको संस्था</span> <span class='c2'>बैदिक कर्मकाण्ड परिषदमा निरौला</span>

विराटनगर ८ असोज । कर्मकाण्ड गर्ने ब्राह्मणहरुको संस्था बैदिक कर्मकाण्ड परिषदले संस्थालाई पूर्णता दिएको छ । परिषदको सोमवार विराटनगरमा बसेको बैठकले कुमार निरौलाको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिति बनाएको छ ।
समितिको उपाध्यक्षमा अनन्त पराजुली,सचिव कौशल ढुङ्गेल ,सह सचिव कृष्णप्रसाद निरौला, कोषाध्यक्ष रेवतीकुमार गौतम रहनु भएको छ । यस्तै सदस्यहरुमा रोहित धिताल,तेजप्रसाद भण्डारी,रमेश कुमार निराौला,मुकुन्द भट्टराई,मेघनाथ सुवेदी,भीमप्रसाद ढकाल,सिताराम तिम्सिना,सन्तोष पोखरेल,यादव भट्टराई र राजेन्द्र आचार्य रहनु भएको छ । यस्तै परिषदले सल्लाहकार समिति समेत चयन गरेको छ ।
जसमा विराटनगरका नाम चलेका विद्धान पंडितहरु रहेका छन् । भवानी शंकर निरौला,तुलसीशरण अधिकारी,रामानुज नेपाल,कृष्ण गुरागाई,यौगेश भण्डारी र श्यामशरण भट्टराई रहनु भएको छ । कर्मकाण्ड परिषदले गौसेवा,भाषधर्म र संस्कृति जगेर्ना लगायतका विषयमा उठान गर्ने लक्ष्यका गठन भएको समितिका अध्यक्ष अनन्त पराजुलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्