प्याब्सन महानगरको प्रथम नगरअधिवेशन विराटनगरमा अध्यक्षमा ईन्द्र राई र सचिवमा अर्जुन श्रेष्ठको दावी

<span class='c1'>प्याब्सन महानगरको प्रथम नगरअधिवेशन विराटनगरमा अध्यक्षमा ईन्द्र</span> <span class='c2'>राई र सचिवमा अर्जुन श्रेष्ठको दावी</span>

विराटनगर, ८ असोज । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) महानगरको प्रथम अधिवेशन विराटनगरमा सुरु भएको छ ।
महानगर कार्यसमितिको सोमबार विराटनगरमा भएको प्रथम नगर अधिवेशनमा अमन्त्रित अतिथिहरुले निजी विद्यालयका सञ्चालकहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्नुहुंदै प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरीले बदलिएको विश्व परिवेशसँगै डिग्री र ग्रेड मात्र हासिल गर्ने शिक्षा महत्वहीन हुँदै गएको बताए । उनले देश विकासका लागि आवश्यक पर्ने प्राविधिक जनशक्तिको विषयमा गृहकार्य गरेर सोहीअनुसारको पाठ्यक्रम विकास गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले शिक्षाको विकासमा निजी तथा संस्थागत विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रविधिमुखी शिक्षालाई जोड दिएर देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए ।

[caption id="attachment_65606" align="alignnone" width="566"] अध्यक्ष पदका लागी ईन्द्र राई[/caption]

प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दासले सरकारले निजी तथा संस्थागत विद्यालयलाई हेपाहा प्रवृत्तिले हेर्ने गरेको गुनासो गरे । उनले विभिन्न प्रकारका ऐन नियम लादेर निजी विद्यालयहरुलाई अफ्ठयारो पार्न खोजिएको बताए । आयोजक संस्थाका अध्यक्ष प्रेमलाल सिंह सुवालले सम्मान र मायाको चिनो वितरण गरे ।
विराटनगरमा भएको प्याब्सन महानगरको प्रथम नगरअधिवेशनमा अध्यक्ष पदका लागी ईन्द्र राई र सचिवमा अर्जुन श्रेष्ठको दावी गरिरहेका छन् ।

[caption id="attachment_65607" align="alignnone" width="811"] सचिवमा अर्जुन श्रेष्ठको दावी[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्