तास खेलिरहेको अवस्थामा १२ जना प्रहरीद्वारा पक्राउ

<span class='c1'>तास खेलिरहेको अवस्थामा १२</span> <span class='c2'>जना प्रहरीद्वारा पक्राउ</span>

झापा, ९ असाेज। झापाको मेचीनगर-१० बाट तास खेलिरहेको अवस्थामा १२ जनालाइ प्रहरीले पक्राउ गरेको छ । स्थानीय नारायण गुरुङको घरमा तास खेलिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे । झापाको मेचीनगर-१० बस्ने बर्ष ४० को हर्क राई, बर्ष ४५ को रुमार बस्नेत, बर्ष ५५ को नारायण गुरुङ, बर्ष ३५ को शंकर अधिकारी, बर्ष ४२ को मनकु शाह, बर्ष ५१ को देबेन्द्र पनेरु, बर्ष ५० को कृष्ण सुबेदी, बर्ष ४० को बिबेक राजभण्डारी, बर्ष ५२ को  दिपक पौड्ल, बर्ष ३४ को लाल महोन गुप्ता, बर्ष ४७ को दल बहादुर खवास र बर्ष ४८ को सुर्य बहादुर खवासलाई पक्राउ गरेको हो । प्रहरी तासको खालबाट नगद ७७ हजार ३ सय ८० रुपैयाँ सहित मोवाईल  १२ थान र तास ६ बुक समेत बरामद गरेको हाे । पक्राउ परेका ब्यक्तिहरु ईलाका प्रहरी कार्यालय धुलावारीको नियन्त्रणमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्