भदौ ३० गतेदेखि असोज ७ गते सम्म भएको महायज्ञ लगाउने कार्यमा पाँच लाख खर्चसमेत भएको सहआयोजक इन्दिरा रिजालले बताइन् ।
राधाकृष्ण आध्यात्मिक प्रतिष्ठान चतराधाममा बस्दै आएका बृद्धवृद्धा र बटुकहरुको लागि यो महायज्ञ लगाइएको हो । यसपछि धरानमा पनि महायज्ञ लगाइने रिजालले बताइन् ।
यस महायज्ञमा प्रमुख पुराणवाचन देवघाट आश्रम चितवनका पीठाधीश हरिशरण उपाध्याय पौडेलले गरेका थिए । उनको यो सप्ताह महापुराण ११२औं हो ।
६२ वर्षीय पौडेलले महायज्ञ लगाउनाले पितृको उद्धार, परिवार र बालबच्चामा भलाई र राम्रो संस्कार आउने र समाजमा वन्धुत्वको भावना जागृत हुने बताए ।