प्रदेश नं १ :कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको विधेयक पारित

<span class='c1'>प्रदेश नं १ :कर तथा गैर कर राजस्व</span> <span class='c2'>लगाउने र उठाउने सम्बन्धमा बनेको विधेयक पारित</span>

बिराटनगर असोज ११ , एक नम्बर प्रदेश सभाले २१ औं विधेयकको रुपमा प्रदेश कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वोले विधेयक पारित गरियोस भनी राख्नुभएको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । प्रदेशसभाले यसअघि २० वटा विधेयक पारित गरिसकेको छ । प्रदेशसभाको पहिलो अधिवेशनले १० वटा विधेयक पारित गरेको थियो भने दोस्रो अधिवेशनबाट ११ वटा विधेयक पारित भएका छन् ।

प्रदेशसभामा हाल अन्य ४ वटा विधेयकहरु प्रक्रियामा रहेका छन् । प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ संसदिय समितिमा दफावार छलफलको क्रममा रहेको छ । सिंचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदको प्राकृतिक श्रोत तथा पूर्वाधार समितिमा दफावार छलफल पछि प्रतिवेदन सहित प्रदेशसभामा पेस भएको छ । आजको बैठकमा समितिका अध्यक्ष लोकप्रसाद संग्रौलाले समितिको प्रतिवेदन पेस गर्नुभएको थियो । यसैगरी प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भने प्रदेशसभाले सैद्धान्तीक छलफल सकाएर संसोधनको समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्