बिराटनगर असोज ११ , कंचनपुरमा बलात्कारपछि हत्या गरिएको निर्मला पन्तको लागि न्याय माग्न बिराटनगरमा सडक कविता आयोजना हुने भएको छ । असोज १३ गते शनिबार साँझ ४ बजे विराटनगर,ट्राफिक चोकमा उक्त कार्यक्रम हुन लागेको हो।
नयाँ पाइला लगायतका युवा समुहको आयोजनामा उक्त कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न दवाव दिन उक्त कार्यक्रम गरिन लागिएको हो ।