ग्रामथानमा पाेखरीमा डुबेर बालककाे ज्यान गयाे

<span class='c1'>ग्रामथानमा पाेखरीमा डुबेर</span> <span class='c2'>बालककाे ज्यान गयाे</span>

विराटनगर, ११ असाेज ।  मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाट स्थित प्रणाम इट्टा भट्टाको हाता भित्र रहेको पोखरीमा डुब्दा १ जनाको मृत्यु भएको छ । पोखरी रेख देख गर्दै आएका जिल्ला भोजपुर घर भएका अन्दाजि वर्ष ३५ को सुक्रधन राई  एउटा पोखरीवाट अर्को पोखरीमा माछाको भुर्रा सार्ने क्रममा हराई बेपत्ता भएका थिए। घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान  पोखरीमा राईको शव फेला पारेको थियो ।  शवलाई पोष्टमार्टमका लागि कोशी अंचल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्