प्रेस युनियन मोरङको अध्यक्षमा रोहितकुमार लुइँटेल निर्वाचित

<span class='c1'>प्रेस युनियन मोरङको अध्यक्षमा</span> <span class='c2'>रोहितकुमार लुइँटेल निर्वाचित</span>

विराटनगर , १३ असाेज।  नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा रोहितकुमार लुइँटेल निर्वाचित भएका छन् । चार वर्षमध्ये पहिलो दुई वर्षे कार्यकालका लागि लुइँटेल विजयी भएका हुन ।  विराटनगरमा सम्पन्न आठौ महाधिवेशनले सर्वसम्मत रुपमा कूल चार वर्षे कार्यकालका अध्यक्षमा लुइँटेल र भोजराज बस्नेतलाई निर्वाचित गरेको थियो । गोलाप्रथाबाट पहिलो दुई वर्षका लागि लुइँटेल निर्वाचित भए । आधा आधा पद बाँडफाँट हुने गरी समिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।उपाध्यक्षमा विनोद सुवेदी, हरि कोइराला, कौशल निरौला र जितेन्द्रनारायण ठाकुर(समावेशी), सचिवमा गोपालप्रसाद पोखरेल, कोषाध्यक्ष केशव न्यौपाने, सह–सचिव रञ्जिता पोखेरेल, विवेक मिश्र र धिरज दाहाल, खुल्ला सदस्यतर्फ मणिराम दाहाल, अशोक गौतम, अनुज सापकोटा, भिमराज अधिकारी, सुजन निरौला, महिला सदस्य जीनाजंग कार्की, रोशिका अधिकारी, निशा दाहाल, आदिवासी सदस्यमा रश्मिता उदास, मधेशी सदस्य विरेन्द्रकुमार साह र पिछडिएको अल्पसंख्यकमा सोनुकुमार दास सर्वसम्मत निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्