विराटनगरका राजु श्रेष्ठ ‘उत्कृष्ट सूचनाको हकको अभियन्ता’ बाट सम्मानित

विराटनगरका राजु श्रेष्ठ ‘उत्कृष्ट सूचनाको हकको अभियन्ता’ बाट सम्मानित

विराटनगर, १३ असोज । राष्ट्रिय सूचना आयोग काठमाडौंले मोरङ जिल्लाका क्रियाशिल सुचनाका अभियन्ता राजु श्रेष्ठलाई ‘उत्कृष्ट सूचनाको हकको अभियन्ता’को रुपमा पुरस्कृत गरेको छ ।
सूचनाको हकको सर्वव्यापी पहुँचका लागि अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले अभियन्ता श्रेष्ठलाई कदर पत्र र तीस हजार नगद सहित सम्मानित गरेका हुन् । विशेष कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, आयुक्त यशोदादेवी तिम्सिना, लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली सहितको उपस्थितीमा श्रेष्ठलाई पुरस्कृत गरिएको थियो। श्रेष्ठसँगै विशेष अवसरमा अन्य छ जना सूचनाको हकको अभियन्ता एवं चारजना सूचना अधिकारीहरुलाई समेत कदरपत्र एवं नगदसहित सम्मानित गरिएको छ।
अभियन्ता श्रेष्ठलाई यसअघि पनि राष्ट्रिय सूचना आयोगले आयोजना गरेको निबन्ध प्रतियोगितामा प्रथम पुरस्कार र नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्ने षष्टिका बस्नेत सूचनाको हक प्रोत्साहन पुरस्कारबाट सम्मानित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्