विराटनगरमा निर्मलाको पक्षमा सडकमा कविता, अभिब्यक्त भए आक्रोश र बिद्रोहका शब्द

<span class='c1'>विराटनगरमा निर्मलाको पक्षमा सडकमा कविता, अभिब्यक्त</span> <span class='c2'>भए आक्रोश र बिद्रोहका शब्द</span>

विराटनगर, १४ असोज ।
बलात्कार पछि हत्या भएको लामो समय बितिसक्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तले अझै न्याय पाउन नसकेको भन्दै बिराटनगरमा युवाहरुले सडकमा कविता गोष्टी आयोजना गरेका छन् । निर्मलाका निम्ती न्याय नाम दिईएको कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिहरुले कविता वाचन गरेका थिए । समाज परिवर्तनको लागि नयाँ पाईला नाम युुवाहरुको अगुवाईमा सडकमा कविता आयोजना गरिएको हो ।  विराटनगरको ट्राफिक चौकमा आयोजित कार्यक्रममा अधिकांश कवीहरुले निर्मलाको हत्यारालाई कार्वाही गर्नु पर्ने कविताको माध्यामबाट आफ्ना आक्रोश पोखेका थिए । कार्यक्रममा सिमा आभास, चन्द्र उपाध्याय, दिनेश श्रेष्ठ लगायतको निर्मला हत्या अनी बलात्कारको घटना जस्ता जघन्य घटनाका दोषी कार्वाहीमा नपर्नु दुखद रहेको बताए। लामो समय भईसक्दा पनि निर्मलाका हत्यारा पक्राउ गर्ने बिषयमा खासै चासो नगएको हो की भन्नेमा सहभागीले आशंका ब्यक्त गरे । कविताको माध्यामबाट ब्यक्त अभिब्यक्तिले सडकका बटुवा तथा यात्रुहरुलाई कर्यक्रम प्रती आकर्षित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्