बिराटनगरका बालबालिकालाई उद्योगको भ्रमण गराइयो

<span class='c1'>बिराटनगरका बालबालिकालाई उद्योगको</span> <span class='c2'>भ्रमण गराइयो</span>

विराटनगर असोज १४
विराटनगर राउण्ड टेबल नम्बर पाँचले विराटनगर हाटखोलास्थित सुशिक्षा निकुञ्ज आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई औद्योगिक भ्रमण गराएको छ ।
पढाईका अलावा विद्यार्थीहरुमा उद्योग र उत्पादन सम्बन्धी ज्ञान दिने उद्देश्यले क्लबले करिब ५२ जना बालबालिकाहरुलाई मोरङ सुनसरी औद्योगिक करिडोरस्थित गुडलाइफ बेभरेजको भ्रमण गराएको हो । भ्रमणका क्रममा बालबालिकाहरुले उद्योगबाट उत्पादित विभिन्न सामानका विषयमा जानकारी लिएको क्लबका पब्लिसिटी कन्भेनर सञ्जीव सिग्देलले बताउनुभयो । सुशिक्षा आधारभूत विद्यालय राउण्ड टेबल नम्बर पाँचले एडप्ट गरेको विद्यालय हो । राउण्ड टेबलले यसअघि पनि बालबालिकाहरुको व्यक्तित्व विकासकालागि विभिन्न क्रियाकलापहरु गराउँदै आएको छ । क्लबले केहीदिन अघि पनि विभिन्न विद्यालयका विद्यार्थीहरुलाई गुड टच, ब्याड टचका विषयमा जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्