बिराटनगरको न्युरो अस्पतालले बृद्ध बृद्धाको मुटु जाँच गरी मनायो मुटु दिवस

बिराटनगरको न्युरो अस्पतालले बृद्ध बृद्धाको मुटु जाँच गरी मनायो मुटु दिवस

बिराटनगर असोज १४ , मुटु दिवसको अवसरमा विश्वभरी विभिन्न कार्यक्रम गरी मेरो मुटु तिम्रो मुटु : तिमी प्रतिज्ञा गर भन्ने नारा सहित यो वर्ष पनि मनाइएको छ  । पुर्वान्चलमा मुटु रोगको उपचारको लागी पहिलो पटक निजि स्तरबाट क्याथल्याव शुरु गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले पनि विभिन्न कार्यक्रमहरु गरी विगत चार वर्षदेखि विश्व मुटु दिवस मनाउदै आईरहेको छ ।

यसपटक अस्पतालले विराटेश्वर बृद्धा आश्रम का बृद्ध बृद्धाको मुटु जाँच तथा फलफूल वितरण गरी विश्व मुटु दिवस मनाएको छ ।उक्त कार्यक्रममा रगत , प्रेसर जाँच, इसिजी गर्नुको साथै औषधी समेत वितरण गरिएको थियो । सो अवसरमा विराटेश्वर बृद्धा आश्रमका संचालक जगत अर्याल, न्यूरो अस्पतालका अध्यक्ष डा. विरेन्द्र कुमार विष्ट, कार्यकारी निर्देशक अनिशा विष्ट, अपरेशनल डाइरेक्टर राजेश भटराई, डा. साहिल अन्सारी, डा. श्रीजल रिजाल लगायतको उपस्थिती थियो ।

न्यूरो अस्पतालले विशेषज्ञ चिकित्सक सहित अत्याधनिक क्याथल्याब सेवा संचालनमा ल्याएपछि पुर्वान्चलका मात्र नभई छिमेकी मुलुक भारत को बिहार तथा बंगाल प्रान्तका मानिसले समेत एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेसमेकर प्रत्यारोपनको लागी अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालका बरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निेकश राज श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्