गरिखानेको कथा : बिराटनगरमा साइकल रिपेरिंग पसल गरेर सन्तानलाई इन्जीनियर बनाए प्रदीपले

गरिखानेको कथा : बिराटनगरमा साइकल रिपेरिंग पसल गरेर सन्तानलाई इन्जीनियर बनाए प्रदीपले

प्रेम पारख

बिराटनगर असोज १४ ,

उनको नाम प्रदिप भगत हो। उनि २०३५ साल देखि बिराटनगरमा काम गर्दै आएका छन् । उनि १२ बर्षको कलिलो उमेरदेखि आफ्नो दाइको पसलमा काम गर्थे र काम सिक्थे । दाइको पसलमा काम गर्दै जाँदा साइकल सम्बन्धी सम्पूर्ण कामहरु सिकेर उनले आफै आफ्नो साइकल रिपेरिंग पसल संचालन गर्दै आएका छन् ।

२१ बर्षको उमेरमा आफ्नो निजी पसल संचालन गरेका उनले आज आफ्नो जीवन उक्त पसलबाट नै चलाउदै आएका छन् ।
"धेरै पढे लेखेको नहुनाले म यो पेशामा लागे,गरिब परिवारमा हुर्केकोले हामीलाई दुई छाक रोटि खान पनि धाउधाउ हुन्थ्यो झन् पढ्न त टाढाको कुरा हो" प्रदिप बताउँछन्। उनको परिवारमा दुईवटा छोरा र एउटी छोरी छ।

आफुले गरिबीको कारण पढ्न नपाउंदा जुन किसिमका समस्याहरूबाट लड्नु पर्यो त्यो आफ्नो सन्तानहरूलाई नहोस भनेर मेहनत गरिरहेको उनि सुनाउछन् । उनि गर्वका साथ भन्छन " मेरो ठूलो छोरो सफ्टवेयर इन्जीनियर छ भने कान्छो छोरो कोलकत्तामा सिए पढ्दै छ, छोरीले डिग्री उतीर्ण गरेकी छे" । यो सबै उनले उनको पसलबाट कमाएर नै गरेका हुन् ।

हाल उनीसंग दुईटा दोकान छ, प्रदिप साइकल र प्रदिप मोटरसाइकल सेन्टर । मेहनत गरे कुनै कुरा असम्भव हुदैन भन्ने उदाहरण प्रदिप हुन् । उनीबाट आजका युवाहरुले धेरै कुरा सिक्न सक्छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्