विराटनगरको काली मन्दिरदेखि रंगेलीसम्म निसान यात्रा निकालिने

<span class='c1'>विराटनगरको काली मन्दिरदेखि रंगेलीसम्म</span> <span class='c2'>निसान यात्रा निकालिने</span>

विराटनगर, १५ असोज । विराटनगरमा दोस्रो पटक निसान यात्रा निकालिने भएको छ । विराटनगरमा गत बर्ष झै यसपटक पनि ंविराटनगरका जागरुक तथा धार्मिक युवाहरुद्धारा विराटनगको काली मन्दिरदेखी रंगेलीको काली मन्दिरसम्मको पैदल यात्रामा निकाल्न लागेका हुन् ।
मन्दिरहरुको प्रचार प्रसार तथा धर्म प्रति युवाहरुको आस्था जोगाउने उद्देश्यका साथ विराटनगरमा निसान यात्रा निकाल्न लागिएको शौरभ अग्रवालले जानकारी दिए । यात्राको क्रममा विभिन्न स्थानमा जलपानीको व्यावस्था गरिएको बताइएको छ ।
आगामी कात्तिक १ गते विराटनगरको काली मन्दिरदेखि रंगेलीको प्राचिन मन्दिर काली मन्दिरसम्म निसान यात्रा निकालिन लागेको हो । निसान यात्रामा दुईसयवटा भन्दा बढी ध्वाजाको तयारी गरेको आयोजकले जनाएको छ । यात्रामा छालाबाट बनेका जुत्ता चप्पल , बेल्ट लगाउन मनाही गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्