नेवारी पहिरनमा सजिएर मिस नेवा कोशीको भेडेटारमा फोटोसुट

नेवारी पहिरनमा सजिएर मिस नेवा कोशीको भेडेटारमा फोटोसुट

विराटनगर असोज १५ , 

विराटनगरमा हुदै गरेको मिस नेवा कोशीको फाइनलमा पुगेका १३ जना प्रतियोगितहरुको फोटो सुट शनिबार धनकुटाको भेडेटारमा सम्पन्न भएको छ ।भेडेटारमा रहेको एसिया टिक होटेलमा उक्त फोटो सुट गराइएको थियो ।

विराटनगरका चर्चित मेलिना फोटो स्टुडियोका फोटोग्राफर सञ्जय श्रेष्ठले उक्त सुट गरेका थिए । उक्त फोटो सुटबाट उत्कृष्ट हुने एक जना प्रतियोगिले फाइनलमा ‘फोटो जेनिक एवार्ड’ प्राप्त गर्ने आयोजक जतिन ताम्राकारले जानकरी दिए ।

नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज क्रियएसनको आयोजनामा विराटनगरमा मिस नेवा कोशी प्रतियोगिता भएको हो ।

विराटनगरकी मनिषा शाक्य, आस्मा तुलाधार, तमना श्रेष्ठ, रुजा शाक्य, सृजना श्रेष्ठ, सुधा श्रेष्ठ, नियती प्रधान, आर्जु श्रेष्ठ, स्नेहा श्रेष्ठ, स्वेक्षा तम्राकार, भोजपुरकी रुहीना प्रधान, बेलबारीकी चेलीना श्रेष्ठ र एलिना श्रेष्ठले फाइलनमा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको फाइनल आउँदो कार्तिक १७ गते विराटनगरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्