बिराटनगरमा सुगम पोखरेल सहितको सांगीतिक कार्यक्रम हुदै 

बिराटनगरमा सुगम पोखरेल सहितको सांगीतिक कार्यक्रम हुदै 

बिराटनगर असोज १५ , फेम नेपालको आयोजना साथै जगदम्बा मोटर्सको प्रायोजनमा बिराटनगरमा बिट्स कन्सर्ट हुने भएको छ । असोज १७ गते बिराटनगरको हाटखोला खेल मैदानमा बेलुका ३ बजे उक्त कार्यक्रम हुने भएको हो  ।

बिराटनगरको उक्त कार्यक्रमको स्थानीय सहयोगी न्यु गौरब अटो सेन्टर रहेको छ ।

कार्यक्रममा चर्चित गायक सुगम पोखरेल , बी-८ ब्याण्डले सांगीतिक प्रस्तुति दिनेछन् भने कार्यक्रममा डिजे सेसन तथा बाइक स्टन्ड शो लगायतको कार्यक्रम रहेको न्यु गौरब अटो सेन्टरका म्यानेजर निसान कटवालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्