प्रेस युनियन मोरङको पदस्थापन, व्यवासयिक पत्रकारिताको विकासमा केन्द्रीत हुने

प्रेस युनियन मोरङको पदस्थापन, व्यवासयिक पत्रकारिताको विकासमा केन्द्रीत हुने

विराटनगर, १५ असोज । नेपाल प्रेस युनियन मोरङको नव निर्वाचित कार्यसमितिलाई सोमबार पदस्थापन गरिएको छ । निवर्तमान अध्यक्ष मिनकुमार नवोदित श्रेष्ठले एक औपचारिक कार्यक्रमबीच आइतबार अध्यक्ष कुमार लुइँटेललाई पद हस्तान्तण गराएका छन् । पत्रकार महासंघ मोरङको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले बधाई तथा शुभकामना दिदैं अहिलेको चुनौती व्यवासयिक पत्रकारिताको विकास भएको बताए ।
महासंघका महासचिव विवेक गौतमले पेशागत संघ संगठनहरुमा व्यवसायिक पत्रकारलाई समेट्नु पर्नेमा जोड दिए । युनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लभ घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा घिमिरे र महासंघ मोरङका बन्धु पोख्रेलले पत्रकारको वृत्ति विकासका लागि महासंघले युनियनसँग समन्वय गरेर अघि बढ्ने बताए ।
युनियनको सोमबार नै बसेको पहिलो बैठकले दिपक दाहाल, शंकर लुइँटेल, अनन्तराज न्यौपाने, शंकर खरेल, शेखर रेग्मी, लिलावल्लव घिमिरे, विनोद भण्डारी, विक्रम निरौला, कुमोद अधिकारी, मिनकुमार नवोदित र दुर्गा खतिवडालाई सल्लाहकारमा मनोनित गरेको छ । यसैगरी सदस्यमा निर्मल ढुंगाना, अनिल बराल, किशोर श्रेष्ठ, हिमांशु राय र राजु बस्नेतलाई मनोनयन गरिएको छ ।
बैठकले एनसी न्युज डेस्क संचालन गर्ने, एक गाउँ एक व्यवसायिक पत्रकारको वृत्ति विकास गर्ने र जनप्रतिनिधि तथा पत्रकार सँगसँगै भन्ने कार्यक्रम चलाउने निर्णय गरेको अध्यक्ष लुईटेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्